Experience from the 2nd National Scout Jamboree

 

 

 

jamboree
2nd National Scout Jamboree
 
Nepal Scouts had organized 2nd National Scout Jamboree from 11th April 2013 to 15th April 2013 at Tikauli, Chitwan. I got a golden opportunity to participate in it. After gaining Jamboree’s experience, I had written an article sharing my experience.
The article was published in one of the national dailies; Annapurna Post on April 24, 2013.
 
second_jamboree
 
 

The text version of the published article is shared below.

कुरा ६ वर्षअघिको हो, त्यतिखेर म ४ कक्षामा पढ्थे । श्रीकृष्णजन्मास्टमीको दिन म   ललितपुरको मंगलबजारमा लाग्ने मेला हेर्न परिवारसँग गएको थिए । मन्दिरमा दर्शन गर्न आउनेहरूलाई अघिल्लो रातदेखि नै खैरो र हरियो रंगको ड्रेस लगाएका दाजुदिदीले व्यवस्थित बनाउन सघाएका थिए । त्यो देखेर मेरो मनमा कौतूहल उत्पन्न भयो,उनीहरुले किन त्यसरी घामपानी केहि नभनी त्यस्तो कार्य गरिरहेका होलान्? भन्ने लाग्यो। त्यसै दिन बेलुकी मैले बाबामम्मीसँग जिज्ञासा राखे । तेसपछि  मात्र थाहापाए, उनीहरु स्काउटमा सहभागी दाइदिदी पो रहेछन। स्काउटमा लागेपछि समाजसेवामा पनि लग्नु पर्ने रहेछ। त्यसपछि मलाई पनि स्काउटमा सहभागी भएर सेवा गर्ने रहर जागेर आयो । त्यति बेला मा भक्तपुरको वीरेन्द्र सैनिक आवासीय महाविद्यालयमा पढ्दै थिए। त्यसपछि म पनि स्काउटमा भर्ना भएँ । म विद्यालयले संचालन गर्ने स्काउटसम्बन्धी कार्यक्रममा हसभागी हुदैँ आएको छु। मेला  र जात्राहरुमा मैले खासै सेवा गर्ने अवसर पाउन सकेको छैन। 

२०६९ सालको अन्त्यमा नेपालमा स्काउट ज्याम्बोरी हुने खबर सुनेँ। मलाई पनि भाग लिन मन लाग्यो। नभन्दै सैनिक स्कुलबाट ज्याम्बोरीमा भाग लिन जानेहरुको समुहमा मेरो पनि नाम रहेछ। यो सुनेर म खुसिले गद् गद् भए। नेपालको रमाइलो ठाउँ चितवनमा ज्याम्बोरी हुन गइरहेको थियो। त्यो पनि २६ वर्ष पछि।  ज्यम्बोरीमा हाम्रो विद्यालयबाट २९ जना सहित भक्तपुर जिल्लाका विभिन्ना विद्यालयबाट गरि २ सय २५ जना त्यहाँ जाने तयारी भएको रहेछ। २०६९ चैत २८ गते  बिहानै हामी चितवन जाने तयारी थियो। सधैँ उठ्ने समयभन्दा चाडै मेरो निन्द्रा खुल्यो। मनभरी छुट्टै कौतूहल थियो। तयारी छिटो सकेर जिल्ला स्काउट कार्यालय भक्तपुर पुग्यौँ । हाम्रो स्काउट ट्रुपलाई गोकुल ढकाल (स्काउट सर) ले कार्यक्रमका बारेमा बताउनुभयो। उहाँले रातो रङ्गको स्कार्फ दिनुभयो। सबै तयारी सकेर बिहान ११ बजे हामी चारवटा बसमा चितवन प्रस्थान गर्यौं । करिब ६ घण्टाको बस यात्रापछि हामी साझँ ५ बजे गन्तव्यस्थल चितवनको टिकौलीमा पुग्यौँ । त्याहाँको वातावरणले झनै रोमान्चक बनायो। चउरमा विभिन्न आकारका टेन्ट थिए ।नेपाललगायत विदेशबाट पनि सो कार्यक्रममा भाग लिन धेरै स्काउट आएका थिए। 

धेरै सोच्दासोच्दै समय बितेको चालै भएन। लामो यात्राले शरीर थाकेको थियो। २०६९ चैत्र २९ गते कार्यक्रम उद्घाटन हुने दिन। चुनावी मन्त्रीपरिषदका अध्यक्ष  खिलराज रेग्मीले दोश्रो राष्ट्रिय ज्याम्बोरी उद्घाटन गर्नुभयो। उद्घाटनपछि स्वदेश तथा विदेशका विद्यार्थीले मार्चपास, कला प्रदर्शन तथा संस्कृतिक कार्यक्रम प्रस्तुत गरे। रमाइलोमै दिन बित्यो। अर्को दिन स्काउट ट्रुपअनुसार हामीलाई ज्याम्बोरी स्कार्फ,क्रियाकलाप कार्ड, ह्यान्डबुक, बागल, ज्याम्बोरी ब्याच, कलम र ब्याग  वितरण गरियो। त्यसपछी हामी स्काउटका क्रियाकलाप गर्नतिर लाग्यौँ। यस अवधिमा पाँच रात ६ दिनसम्म गर्मीको टेन्टमा सुत्दा पनि हामीलाई खासै गर्मि महसुस भएन। धेरै नयाँ साथीसँग भेटघाट भएकाले त्यसो भएको होला । ज्याम्बोरीको समय पारेर हामीले चितवनको चैनपुरस्थित सैनिक स्कुलको अवलोकन भ्रमण देवघाट र सौराहा पनि घुम्यौँ । समग्रमा भन्नुपर्दा यो ६ दिन ५ रातको अनुभव मेरो मानसपटलमा अविस्मरणीय भएर रहयो। कार्यक्रम सकेपछि विभिन्न जिल्लाबाट आएका साथीहरु एकआपसमा छुट्टिएर जान बाध्य भयौँ । सम्पर्कमा रहिरहने वाचासहित गह्रौं मन लिएर साथीहरूसँग छुट्टियौँ। कार्यक्रम अवधिभर बिहान छिटो उठिन्थ्यो भने साथीहरुसँग गफ गर्दागर्दै ढिलो सुतिन्थ्यो । नेपाललगायत विभिन्न देशका करिब ६ हजार जनाले भाग लिएको ज्याम्बोरीमा सहभागी भएर मैले धेरै ज्ञान लिन पाएँ।

1 thought on “Experience from the 2nd National Scout Jamboree”

Leave a comment